पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०६:३५ मा प्रकाशित

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ ।

कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो ।

कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । 

हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ ।