काठमाडौं । बुधबार(आज) सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ ।
आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।
आज १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।