काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७७० रुपैयाँ कायम भएको छ ।