विराटनगर । कोसी प्रदेशमा लगानी सम्मेलन सुरु भएको छ । बिहीबार प्रधानमन्त्री केपी ओलीले विराटनगरमा सम्मेलन उद्घाटन गरेका हुन् ।
कोसी प्रदेशमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।
उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपयुक्त वातावरण बने लगानी गर्न आउने भन्ने निजीक्षेत्र र लगानीकर्ताले इच्छा देखाएपछि सम्मेलन आयोजना गरिएको बताए ।
समृद्ध कोसी बनाउन प्रदेश सरकार योजनागत रूपमा अघि बढेको उनले बताए । प्रदेश सरकारले प्रस्तुत गरेका योजना एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँका छन् ।