काठमाडौं । गायक स्मायल मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । भरत पोखरेलको शब्द र संगीत रहेको यस गीत हेम सुब्बाले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा आयुब केसी, शिखा कट्वाल र म्यान्डी बाबुले अभिनय गरेका छन् । भिडियोको सम्पादन तथा रङ संयोजन हेमन्त तामाङले गरेका हुन् ।
प्रकाश सुब्बाको निर्देशनमा बनेको गीतको प्रोडक्सनको जिम्मा निसान्त पराजुलीले सम्हालेका छन् ।
उक्त गीत बुद्ध सुब्बा डिजिटल प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भाव, दृश्य र साङ्गीतिक संयोजनले दर्शक तथा श्रोतालाई आकर्षण गर्ने अपेक्षा गरिएको अपेक्षा गरिएकोछ ।