काठमाडौं । आज शुक्रबार पनि सुनचाँदी दुवैको मूल्य बढेको छ ।
सुनको भाउ आज तोलामा दुई हजार ५०० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलाको चार हजार ७६५ रूपैयाँमा किनबेच भइरहेको छ ।