बढ्यो सुनको भाउ

न्युजलय ५ माघ २०७८, बुधबार १२:२६ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको भाउ तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 

यता, चाँदीको भाउ एकैदिन प्रतितोला ३० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।