काठमाडौं । सेयर बजार बढ्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से ५.१७ अंकले बढेर २,९७८.८८ बिन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कुल १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल १९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।