काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमलाई आलोचना गर्दै तत्काल स्पष्ट कानुन बनाउन आग्रह गरेका छन् ।
लोहनीले सरकारले कानुन बनाएर सामाजिक सञ्जाल दुरुपयोग गर्नेविरुद्ध कारबाही गर्न सक्ने भए पनि मनपरी ढंगले कसैलाई रोक्ने वा राख्ने अधिकार नभएको स्पष्ट पारे । अहिलेसम्म कानुन नबनेकोमा राजनीतिक दलहरु नै दोषी रहेको बताए ।
उनले हजारौं युवा देश छाडेर बाहिर गइरहेको समयमा यहीँ बसेर केही गर्न चाहनेलाई पनि सामाजिक सञ्जाल बन्द गराइ निरुत्साहित बनाइएको बताउँदै सरकारको आलोचना गरे । भने, 'अहिलेसम्म कानुन किन नबनाएको ? अनि अहिले सबैको रोजिरोटी खोस्ने ?'
यस्तै उनले जेनजी पुस्ताले आन्दोलन थालेकोमा उनले सह्रना गरे । उनले थपे, “देशभित्रै बसेर संघर्ष गर्ने तपाइँको प्रयासले केही आशा जागेको छ ।”