काठमाडौं । फिल्म ‘कब्बडी’को चौथो सिक्वेल ‘कब्बडी ४ः द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ।
निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखनमा बनेको फिल्मको टिजर सोमबार सार्वजनिक भएको हो।
फिल्ममा विगतका श्रृङ्खलामै अभिनय गरेका कलाकारहरु रहेका छन्। दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धी तामाङ, कमलमणी नेपाल, उपेन्द्र सुब्बालगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ।
‘बाँसुरी फिल्म्स’को ब्यानरमा बनेको फिल्मलाई विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मगर र मनिराम पोखरेललगायतले निर्माण गरेका छन्।
फिल्ममा रोहित शाक्य र सैलेख श्रेष्ठको पाश्वसंगीत तथा संगीत संयोजन रहेको छ। फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन्।
फिल्म आगामी बैशाख २३ गते सिनेमा हलमा प्रदर्शन हुनेछ।