काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको सेयर बजार आज भने ८.१४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२८.०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम पनि ३ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको कारोबार भएको छ ।