धरानस्थित बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. श्रेष्ठ नियुक्त

न्युजलय २९ साउन २०८२, बुधबार ०६:०७ मा प्रकाशित

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् ।

प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको उपकुलपति यसअघि चार जनाको नाम सिफारिस भएको थियो । उनले प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन् ।

श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुन् ।