नयाँ दिल्ली । भारतीय क्रिकेट टोली क्रिकेटका तीन वटै फम्र्याटमा नम्बर १ टोली बनेको छ ।
टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ मा पुगेको हो । भारतअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो ।
मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयता मा नम्बर १ टिम बनेको हो । टेस्ट र टी २० मा यसअघि नै पहिलो नम्बरमा थियो ।