काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईको अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग गर्दै जेन जी समूहका युवाहरू आज सिंहदरबार पुगेका छन्। उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सुरक्षा मुद्रण विभागका कार्यकारी निर्देशक देवराज ढुंगानालाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा केन्द्र सरकारले लाइसेन्स छपाईमा ढिलासुस्ती गर्दै आएको र यसले सर्वसाधारणलाई अनावश्यक सास्ती भएको उल्लेख छ। उनीहरूको भनाइमा, प्रदेश सरकारले चाहिँ प्रशासनिक र प्रविधिक रूपमा छपाईको काम तत्काल गर्न सक्ने अवस्थामा छ, त्यसैले पहिलो चरणमा बागमती प्रदेशबाट थालनी गर्नुपर्ने माग गरिएको छ।
जेन जी युवाहरूले सुरक्षा मुद्रण विभागलाई लाइसेन्स छपाईको जिम्मा दिन नहुने स्पष्ट माग गरेका छन्। ज्ञापनपत्रमा आगामी दिनमा हरेक प्रदेशमा स्थानीय सरकारकै स्तरमा लाइसेन्स छपाई गर्न सक्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।