नेप्सेमा २६ अंकको गिरावट

न्युजलय २२ असार २०८३, सोमबार ०३:२८ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९अकंले घटेर २६२७.११ बिन्दुमा बन्द भएको छ । आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५५ करोडको कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । 

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको सेयर भएको छ ।