परराष्ट्रमन्त्री खड्काः अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०६:२१ मा प्रकाशित

विराटनगर । परराष्ट्रमन्त्री नारायण खडकाले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । 

शनिबार(आज) विराटनगरमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्‍न समेत गरिरहेको बताए । 

उनले मुलुकमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताए । ‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ, ’ मन्त्री खडकाले भने, ‘अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन सबैको सहमति भयो चैत वैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जानुभन्दा अघि नै सत्तारुढ दलबीच प्याकेजमा सहमति गरेर प्रदेश सरकारको नेतृत्वको अन्तिम टुंगो लगाउने मन्त्री खडकाले बताए  । उनले प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना कायमै रहेको बताए ।