काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको भीड लागेको छ।
प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना प्रकाशन गरेको छ। सूचना प्रकाशन भएसँगै निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको हो।
साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिनसक्नेछन्। निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्ता दिने सक्नेछन्।