विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबार विराट ट्रेड एक्स्पो सुरु हुने भएको छ।
संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले बताएको छ।
स्वदेशी तथा विदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोमा अन्तर्राष्ट्रियस्तरका उत्पादनका स्टलहरूसमेत रहने जनाइएको छ।