नाबालिका दिदीबहिनीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

न्युजलय ३ असार २०८३, बुधबार ११:२१ मा प्रकाशित

रोल्पा । दुई नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको थवाङ गाउँपालिका– ४ का ५५ वर्षीय धनप्रसाद पुनले एक १५ र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रहरी कार्यालय, लिवाङको हिरासतमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।