सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या

न्युजलय २८ असोज २०७८, बिहिबार ०७:५७ मा प्रकाशित

महोत्तरी । महोत्तरीमा सुतिरहेकी महिलाको हथौडा प्रहार गरी हत्या भएको छ।

महोत्तरी गाउँपालिका –३ मडै बस्ने लालकिशोर झाकी पत्नी ४२ वर्षीया शिला देवी झाको बुधबार राति हत्या भएको हो।

राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गर्दा उनको घटानास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरीले जनाएको छ ।  

मृत अवस्थामा शिलाको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या गर्नेको खोजविन भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।