काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सितापुरका ५ घर चर्किनुका साथै भासिएका छन् ।
मंगलबार दिउसो गएको भूकम्पका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा पाँच घर भासिएका हुन् ।
स्थानीय दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया, सन्तोष घम र दुर्गा बिसीको घर चर्किएर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।