नेप्सेको सिस्टम तीन दिन बन्द रहने

न्युजलय २५ पुस २०८०, बुधबार ०७:०९ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कारोबार प्रणाली विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका तीन दिनका लागि बन्द हुने भएको छ ।

बुधबार जारी सूचना अनुसार पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्मका लागि कारोबार प्रणाली बन्द हुन लागेको हो ।

नेप्सेले मर्मत सम्भारका क्रममा विद्युतीय प्रणाली अद्यावधिक गर्नका लागिएको जनाइएको छ ।