अहमदाबाद । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।
सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।
विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई पराजित गरेर उपाधि चुमेको थियो । त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएको थियो ।
भारतले यसअघि दुई पटक वल्र्डकप जितेको छ भने अष्ट्रेलियाले ५ पटक जितेको छ ।
विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर, उपविजेताले २० लाख अमेरिकी डलर पाउनेछन् ।