५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा

न्युजलय ७ असोज २०८१, सोमबार ०३:३० मा प्रकाशित

काठमाडौँ ।  शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।