फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ पुग्यो

न्युजलय २५ जेठ २०८३, सोमबार १२:४० मा प्रकाशित

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन्।

बीबीसीले फिलिपिन्स सिभिल डिफेन्स कार्यालयका अधिकारीहरूका अनुसार भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको उल्लेख गरेको छ।

स्थानीय सिभिल डिफेन्स कार्यालयका निर्देशक रोड्रिगो सोस्मेञाले १२ जनाको मृत्यु सोक्सक्सर्जेन क्षेत्रमा भएको हो। यो क्षेत्र दक्षिण कोटाबातो, सुल्तान कुदारात, सारांगानी र जनरल सान्तोस सिटी गरी चार प्रान्त र एक सहरमा फैलिएको छ।

भूकम्पका कारण दक्षिणी फिलिपिन्समा दुई दर्जनभन्दा बढी भवनहरू क्षतिग्रस्त भएका छन्। स्थानीय अधिकारीहरूले थप क्षतिको विवरण संकलन भइरहेको जनाएका छन्।

भूकम्प सोमबार बिहान ७ः३७ बजे फिलिपिन्सको दक्षिणी छेउमा गएको हो। घाइतेहरूको खोजी र उद्धार जारी रहेको समाचारमा उल्लेख छ।