२०७८ साल कार्तिक ७ गते अाईतबार

सुबिसुको ल्यायो ‘दक्षिणा अफर

न्युजलय २४ असोज २०७८, अाईतबार ०४:३१ मा प्रकाशित

काठमाडौं । नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट. लिले वडादशैंको उपलक्ष्यमा सुबिसु ‘दक्षिणा अफर’  ल्याएको छ । 

यस अफरअन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३ हजार ९९९ मै प्राप्त गर्न सकिनेछ। अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सकिनेछ। 

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड  प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको  हो। अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ।