नक्कली सुन दिएर रकम ठगी गर्ने गिरी पक्राउ

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ०१:१६ मा प्रकाशित

झापा । नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई  प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशन्ति गाउँपालिका–२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेका थिए ।

यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।