काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.०२ अंकले घटेर २७४०.९५ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २।८६ अंकले घटेर ४७१.३९ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर जबारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँबराबरको कारोबार भएको छ ।