भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु

न्युजलय २१ साउन २०८१, सोमबार ०६:३९ मा प्रकाशित

 काठमाडौँ । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको ज्यान गएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् ।

औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा हाइटेन्सन तार गाडीमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएराति भएको घटनामा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै साउने सोमवारका लागि जल लिन घाटमा गएका थिए ।