बालेन डरपोक हुन्, देश चलाउन सक्दैनन् : साम्पाङ

न्युजलय २७ भदौ २०८२, शुक्रबार १२:५७ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई कायर भन्दै गाली गरेका छन् ।


जेन्जी आन्दोलनपछि सरकार प्रमुखमा दावी गर्दै साम्पाङ काठमाडौँ पुगेका थिए । त्यही क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालेनको आलोचना गरेका हुन् ।

संकटकै बेला हराएर लुक्ने कायर हुन्छ, भन्दै साम्पाङले भने, त्यस्तो हुतिहारा नेतृत्वले देश चलाउन सक्दैन ।


बिना नेतृत्व सडकमा युवाहरु आएकोले धेरै क्षती भएको बताउँदै उनले बताए । 


उनले अन्तरीम सरकारको प्रधानमन्त्री बन्ने इच्छा राखेपनि बालेनले सुशीला कार्कीलाई समर्थन गरेका छन् । त्योसँगै साम्पाङ बालेनप्रति आक्रामक भएका हुन् । साम्पाङले जंगी अड्डाको अगाडी आफ्ना समर्थक उतारेर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् भने स्टाटसहरु पनि लेखिरहेका छन् ।