खोटाङ । खोटाङमा श्रीमानले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको छ ।
बिहिबार साँझ सामान्य वादविवादका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा ३६ वर्षीय लाक्पा डिकु शेर्पाको मृत्यु भएको हो ।
प्रहरीले लाक्पा डिकुको शव घर भन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला पारेको थियो । घटनाको जानकारी आएपछि अस्थायी प्रहरी बिट रत्नपार्क दिक्तेलबाट खटिएको प्रहरीको टोलीले दावालाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।