झापा । काठमाडौंमा मतदान गरी झापा आइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह सवार हेलिकोप्टर झापा नबसी फर्किएको छ।
उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलबाट मतदान गरी झापा आउन लागेका थिए।
सुरक्षा कारणले बालेन सवार हेलिकोप्टर झापा अवतरण नगरी काठमाडौं फर्किएको हो। उनी हेलि एभरेष्टको हेलिकोप्टरबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ तर्फ उडेका थिए।