सुनसरीमा १५ प्रतिशत मतदान

न्युजलय २१ फाल्गुण २०८२, बिहिबार ११:२५ मा प्रकाशित

सुनसरी । सुनसरीमा साढे १० बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन प्रमुखले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण मतदात भइरहेको छ ।  कुल मतदाता संख्या पाँच लाख ८० हजार ९४५ जना रहेको सुनसरीमा ६२४ मतदान केन्द्र रहेका छन् ।