सुनको मूल्य घट्यो

न्युजलय २० फाल्गुण २०८२, बुधबार ०५:०१ मा प्रकाशित

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेको छ । 

आज सुन ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।