भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

न्युजलय १५ भदौ २०८२, आइतबार ११:२९ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै यस वर्ष पनि सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ ।

राष्ट्र बैंककाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ ।

गत वर्षदेखि नयाँ नोट सटही नगरी केवल सुकिला नोट मात्र सटही गरिएकोमा यस वर्ष पनि त्यही व्यवस्था लागू गरिएको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत सर्वसाधारण तथा वित्तीय संघसंस्थाले सुकिला नोट सटही सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।