अर्घाखाँची । अर्घाखाँचीमा लागेको मेलामा देउसी भैलो कार्यक्रमका सहभागिहरुलाई बसले किच्दा दुई जनाको ज्यान गएको छ भने दुई दर्जन बढी घाइते भएका छन् ।
स्थानीय भूमिकास्थान नगरपालिकामा पर्ने खिल्जी र असुरकोटको संगमस्थल उदयठाटीमा लागेको चौथी मेलाको भीडमा अनियन्त्रित भएर ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बस मानिसहरुलाई सोहोर्दै अघि बढेको थियो । उक्त स्थानमा गाउँभरका आमा समूह, महिला, युवा समूह गरी करिब २५ वटा समूहका भैलो कार्यक्रम तथा नाचगान प्रदर्शन भइरहेको थियो ।
दुर्घटनामा घाइतेमध्ये गम्भीर अवस्थाका १० जनालाई बुटवल रेफर गरिएको छ। बाँकीलाई अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ । गाडी चालक फरार छन्।