एमाले खोटाङको हलेसी–तुवाचुङमा महिला मात्रै रहेको वडा कमिटी चयन

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०१:३७ मा प्रकाशित

खोटाङ । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ ।

प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

उपाध्यक्ष कमलकुमारी राई, सचिव सम्झना राई, उपसचिवहरु अस्मिता राई र यशोदा विक, आर्थिक विभाग प्रमुख सर्मिला राई चयन भएकी छन् ।

अधिवेशनको बन्द सत्र पनि जिल्ला सचिवालय सदस्य बिनादेवी राईले सञ्चालन गरेकी थिइन् ।