अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ जनाको मृत्यु

न्युजलय २२ असार २०८१, शनिवार ०९:२९ मा प्रकाशित

 काठमाडौँ । संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । 

पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकाले जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ ।