‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा जितु

न्युजलय ५ साउन २०८३, मङ्गलबार ०१:२९ मा प्रकाशित

काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा जितु नेपाललाई नियुक्त गरिएको छ ।

मंगलबार प्रसारण तयारीमा रहेको ६६ औं एपिसोडको ट्रेलरमा नेपाललाई अध्यक्षको रुपमा देख्न पाइन्छ । निर्देशक विशाल भण्डारीले अध्यक्षको रुपमा देखिँदै आएकी दीपाश्री निरौला स्वास्थ्य लाभ गरुञ्जेल जितुलाई अध्यक्षको रुपमा हेर्न पाइने बताए ।

ब्रेन ट्यूमरको शल्यक्रियापछि निरौला अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् ।