मिस नेपाल २०२३ को अडिसन इटहरीबाट सुरु हुने

न्युजलय २६ माघ २०७९, बिहिबार ०८:५० मा प्रकाशित

सुनसरी । मिस नेपाल २०२३ को अडिसन इटहरीबाट हुने भएको छ । माघ २८ गतेबाट अडिसन हुन लागेको आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मिस नेपाल २०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो ।

अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको हो । मिस नेपाल–२०२३ का लागि आगामी जेठ १३ गते ललितपुरको गोदावरीमा ग्य्रान्ड फिनालेको आयोजना गरिने बताइएको छ ।