विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित नौ जनाको मृत्यु

न्युजलय ३० जेठ २०८१, बुधबार १२:४१ मा प्रकाशित

काठमाडौँ । मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । 


राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । 


सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।


साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।


चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो ।