काठमाडौं । सेयर बजारमा सोमबार गिरावट आएको छ ।
सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्सेमा ४ अंकको गिरावट आएको थियो ।
सोमबार नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।