इटहरी । गायक तथा सारंङगी बादक भोलामान गुरुङ “छ्याङकुटी डाँडा” गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नै जीवनमा घटेका घटनामा आधारित रहेर बाल्यकालमा पारीवारबाट टाढा हुँदाको परिवेशलाई गीतमा समेटिएको छ ।
गीतको शब्द र गायन भोलामान गुरुङको रहेको छ भने संगीत दिपेन्द्र राई र गणेश रिजालको रहेको छ । दिपेन्द्र राई र रुद्र श्रेष्ठको ऐरेन्ज रहेको म्युपजक भिडियोमा डाईरेक्सन दिपेन्द्र राईले गरेका छन् भने भोलामान गुरुङ र अपेक्षा तामाङको अभिनय रहेको छ ।
संखुवासभा जिल्लाको चिचिला गाउँपालिका २ आहालेमा जन्मिएका भोलामान नेपाली सेनाबाट अवकास पछि सुनसरीको इटहरीलाई कर्म थलो बनाएर आफ्नो सांगितिक यात्रा अगाडी बढाइरहेका छन् ।