काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् ।
सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरि बाँसका मुडा बोकेर उनले सत्याग्रह सुरु गर्न लागेका थिए । तर निषेधित क्षेत्र भएकाले प्रहरीले उनलाई सुरक्षाकासाथ माइतीरघरमा लगेर छाडेको छ ।
उनले त्यही सत्याग्रह सुरु गरेका हुन् । उनले आजदेखि तीन दिन भोक हड्तालमा बस्ने समेत घोषणा गरे । आफ्ना सात बँदे माग अगाडि सार्दै माग पूरा नभए साउन १४ गतेदेखि अनिश्चितकालिन आमरण अनसन बस्ने समेत जानकारी दिए ।