काठमाडौं । अभिनेत्री नम्रता सापकोटा आध्यात्मिक बनेकी छिन् । सापकोटाले ओशो सन्यासी बनेको तस्बिर शेयर गर्दै आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
तस्बिरमा सापकोटाले गेरु रङको बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको देखिन्छ । प्रत्येक महिनाको ७ देखि १४ तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा एक हप्ताको शिविरमा सहभागी भएर मंगलबार अभिनेत्री सापकोटा घर फर्किएकी छिन् ।
अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले नम्रतासँगको एक तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘ओशो परिवारमा स्वागत छ ।’ सोभिता पछि नम्रता सन्यासी बन्नेमा दोस्रो नायिका बनेकी छिन् ।