आजको सुनचाँदीको मूल्य

न्युजलय १० माघ २०७८, सोमबार ११:३३ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा नै कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीका पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।