कार्तिक १२ गतेभित्र कार्यपालिका बैठक नबोलाए उपप्रमुखको अध्यक्षतामा बैठक गर्ने चेतावनी

न्युजलय ४ कार्तिक २०८०, शनिवार ०१:११ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कार्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग गरेका छन् ।

मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र सार्वजनिक भएको छ । जसमा १६ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।  

कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमतीसमेत जनाइएको छ । 

स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ । विजया दशमीको बिदा सकिने दिन कात्र्तिक १० गतेका मितिले ४८ घण्टा भित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ । 

नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखको अध्यक्षतामा बैठक बसिने बताइएको छ ।


कार्तिक १२ गतेभित्र कार्यपालिका बैठक नबोलाए उपप्रमुखको अध्यक्षतामा बैठक गर्ने चेतावनी