२०७८ साल कार्तिक ७ गते अाईतबार

आज पनि घट्यो शेयर बजार

न्युजलय २५ असोज २०७८, सोमबार ०३:५० मा प्रकाशित

काठमाण्डौ । नेप्से सोमबार (आज) पनि घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज २३ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।