राप्रपाका सांसदहरूले दिए राजीनामा

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०३:०६ मा प्रकाशित

काठमाडौं । राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघीय सांसद १३ जना र प्रदेश सांसद २८ जनाले पदबाट मंगलबार दिउँसो राजीनामा दिएका हुन्।

राप्रपाले सरकार, संसद र संविधानको औचित्य समाप्त भएको पनि बताएको छ।