काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मतदान बेलुका ४ बजेदेखि सुरु हुँदैछ ।
प्रकाशित नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन् ।
५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल छन् ।
महासचिवमा जम्मा दुई जना, शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् ।
त्यस्तै ३ जना उपमहासचिवका लागि ७ जना प्रतिष्पर्धामा छन् । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन् ।
९ जना सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन् ।
केन्द्रिय सदस्यको लागि कोशी प्रदेशमा खुला तर्फ पाँच जनाको लागि १० जनाको आवेदन परेको छ । जसमा इन्द्र प्रसाद भण्डारी, खगेन्द्र राई, जीवन घिमिरे, बुद्विकुमार राजभण्डारी, मान वीर राई, युवराज बास्कोटा, राम राना, रोम नाथ ओली, लिला बल्लभ अधिकारी र शरण कुमार राई छन् ।
एक जना ४० वर्ष मुनिका युवाको लागि लोकेश निरौला र क्षितिज थेवेको भीडन्त हुने भएको छ ।
यस्तै तीन जना महिलाको लागि निरादेबि खनाल (आचार्य), मञ्जु भण्डारी (सुबेदी), मीना पोखेल उप्रेती, मेनुका काफ्ले र सरस्वति खरेलबिच प्रतिष्पर्धा हुने भएको छ ।